सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं, २३ कात्तिक । काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ ।

महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

सहकारीहरूले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ ।

यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहसंचालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्याबीच निर्वाचन गराउनुपर्छ ।

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामार्फत सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन साधारण सभाका लागि आग्रह गरिएको महानगरले जनाएको छ ।

सोही नीति अनुरुप महानगरले समय सीमा नै तोकेर पुस मसान्तभित्र साधारणसभा सकिसक्न महानगरपालिका भित्रका सहकारीहरुलाई निर्देशन गरेको हो ।

यसका लागि महानगरले साधारणसभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत विषयवस्तुलाई बुँदागत तथा तालिकामा समेत प्रस्स्तुत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here