आइपीएलः फाइनल प्रवेशको लागि आज दिल्ली र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेशको लागि आज सनराइजर हैदराबाद र दिल्ली क्यापिटल भिड्दै छन् ।

नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुने खेलको बिजेता टोली फाइनल प्रवेश गर्नेछ ।

यसअघि फाइनल प्रवेशको लागि भएको मुम्बई र दिल्लीको खेलमा पराजित भएको दिल्लीलाई फेरी फाइनल प्रवेशको लागि यो एउटा सुनौंलो अवसर पनि हो ।

त्यस्तै, आफ्नो पछिल्लो खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको हैदराबाद पनि फाइनल प्रवेशको लागि उच्च मनोवलका साथ मैदानमा उत्रनेछ ।

यी दुई टोलीबिच अहिलेसम्म १७ खेल भएकोमा हैदराबादले ११ पटक जितेको छ भने दिल्लीले ६ पटक जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here