अलपत्र परेका नेपालीको उद्दारबाट पन्छियो सरकार, साहसिक पर्यटनका क्षेत्र खुल्ने

काठमाडौं, २३ कात्तिक । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।

कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीको तथ्यांकमा उल्लेख गरिएको छ ।

हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसियालगायतका अन्य उपयुक्त गन्तव्य स्थानहरूमा नियमित हवाई उडान सुचारु गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

त्यस्तै होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here