महेन्द्रनगरको होटल न्यु आनन्द नयाँ स्वरुपमा, सिद्धार्थ ग्रुपको व्यवस्थापन

महेन्द्रनगर, २ जेठ । महेन्द्रनगरको तीन दशक पुरानो होटल न्यु आनन्द अब थप लगानी र नयाँ व्यवस्थापन सहित पुनः संचालनमा आएको छ ।

होटलले बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर यस बारे जानकारी दिएको हो । होटलका सञ्चालक एंव कार्यकारी निर्देशक परमानन्द भण्डारीले थप लगानी र नयाँ व्यवस्थापन सहित होटल सञ्चालनमा आएको बताए ।

२०४३ सालमा नरिश्वर भण्डारीले होटल स्थापना गरेका थिए । ‘बुवाले शुरुवात गरेको होटल व्यवसायलाई निरन्तरता दिदै सेवा गुणस्तर बनाइएको हो’ पर्यटन व्यवसायी भण्डारीले भने, ‘होटलमा लगानी थप गरेर नयाँ व्यवस्थापन गरिएको हो ।’

थप लगानी गरेर पुरानो होटललाई स्तरोन्ती गरी सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसंग ब्यबस्थापकीय साझेदारी गरेर गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्न लागेको भण्डारीले बताए ।

न्यु आनन्द होटलमा ५१ वटा अत्याधुनिक सुबिधा युक्त कोठा, तालीम र पार्टीका लागि २ वटा हल र रेष्टुरेन्ट लगायतका सुबिधाहरु रहेको जानकारी दिइएको छ ।

होटल न्यु आनन्दले व्यवस्थापकीय साझेदारीको रुपमा महेन्द्रनगरमा ल्याएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी नेपाल कै हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप हो । होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल म्यानेजमेन्ट, इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरु संचालन गर्दै आएको सिद्धार्थ ग्रुपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दमा ब्यबस्थापकिय साझेदारी सहित सेवा विस्तार गरेको हो ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महेन्द्रनगरमा पहिलो पटक व्यवस्थापकीय रुपमा साझेदारी गरेर शुरुवात गरिएको बताए ।

‘हामीले होटल व्यवसाय क्षेत्रलाई भरपर्दो र अझै गुणस्तर बनाउन तालिम सहितका जनशक्ति उत्पादनमा समेत काम गर्दै आएका छौं’ सीईओ न्यौपानेले भने, ‘व्यवस्थापकीय हिसाबले अन्यत्रका शाखाहरुमा प्रदान हुने सेवा महेन्द्रनगरमा होटल न्यु आनन्दले समेत प्रदान गर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here