एनएमबी र ओम मर्ज हुने, कुल पूँजी तथा जगेडा कोष २० अर्ब

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको एनएमबी बैंक र ‘ख’ वर्गको मान्यता पाएको ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ ।

मर्जरसम्बन्धी सम्झौतापत्रमा बिहीबार एनएमबी बैंकका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओम डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।

मर्जर पछि बैंकको नाम एनएमबी बैंक नै यथावत रहने छ । त्यस्तै बैंकको कुल पूँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुने पनि बताइएको छ । यसैगरी निक्षेप १ खर्ब १९ अर्ब र कर्जा १ अर्ब १३ अर्ब हुने छ ।

हाल एनएमबी बैंकको ११० शाखा र ४ एक्स्टेन्सन काउन्टर र ओम डेभल्पमेन्ट बैंकले ५३ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएका छन् ।

मर्जर पछि बैंकको १६३ वटा शाखा र ५ वटा एक्सटेनसन काउन्टर रहने बताइएको छ ।

ओभ डेभलपमेन्ट बैंकको केही समय अघिमात्रै प्राइम कमर्सियल बैंकसँगको मर्ज प्रक्रिया भाँडिएको पछि नेपाल राष्ट्र बैंकले दुवैलाई अन्य कुनै संस्थासँग ३ महिना भित्र मर्ज गर्न निर्देशन दिएको थियो ।

३ महिनाभित्र मर्जमा नगए कारबाही गर्ने पनि राष्ट्रबैंकले चेतावनी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here