चार अंकले बढ्यो शेयर बजार, ३ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २४ कात्तिक । सोमबार पनि नेप्से परिसूचक बढ्ने क्रम जारी नै रह्यो । आज नेप्से परिसूचक ४.२२ अंकले बढेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.६१ अंकले घटेर ३ सउ २५.३३ अंकमा झरेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट विकास बैंकका शेयर धनीले कमाए । कर्पोरेटको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.९३ प्रतिशत, सानिमा इन्स्योरेन्सको ९.९३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा घलेम्दी हाइड्रोका शेयर धनी छन् । घलेम्दीको शेयर मूल्य ४.८६ प्रतिशत घट्यो । त्यस्तै, पाँचथर पावर कम्पेन्टको ४.३५ प्रतिशत घट्यो ।

आज १ सय ९५ कम्पनीको १ करोड ३५ हजार ३ सय १३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड ९८ दाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीले गर्यो । कम्पनीले ५५ करोड १ लाख ८१ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीले १३ करोड ७४ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here