‘टीभीएस दसैंको आशा’ योजना : रत्नेसकुमारले जिते महँगो बाइक ‘अपाचे आरआर ३१०’

काठमाडौं, २४ कात्तिक । ‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत भाग्यशाली विजेता जनकपुरका रत्नेश कुमार कर्णले अपाचे आरआर ३१० प्राप्त गर्न सफल भएका छन् ।

जनकपुर टीभीएस शोरुममा कर्णलाई बाइकको चाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

जनकपुर टीभीएस शोरुम आर्यन अटोमोबाइल्समा भएको पत्रकार सम्मेलन कार्यक्रममा उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको हातबाट टीभीएसको सबैभन्दा महँगाे बाइक अपाचे आरआर ३१० हस्तान्तरण गरिएको हो।

टीभीएसको वेबसाइटमा गएर फाराम भरेका उनले लक्की-ड्रमार्फत् टीभीएसकाे सबैभन्दा महँगो बाइक जितेका हुन्।

कार्यक्रमा बोल्दै टीभीएस दसैंको आशा कार्यक्रमको विजयी रत्नेश कर्णले लक्की ड्र भनेको जीवनमा विश्वास नै नगरेको कुरा पूरा भएको बताए । उनले टीभीएसले आफ्नो जीवनको आशालाई यो स्किमले पुरा गरेकोमा धन्यवाद दिए ।

जीवनमा लक्कि ड्र भन्ने कुराको विश्वास नलागेको भए पनि आज पर्यो म धेरै खुसी छु । मलाई लाग्थ्यो कम्पनीहरुले आफ्नो मान्छेलाई पार्छन होला भनेर तर निस्पक्ष हुँदो रहेछ लक्की ड्र धेरै खुसी लाग्यो जगदम्बा मोट्र्स र जनकपुर टीभीएस शोरुम आर्यन अटोलाई धेरै धेरै धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बाइकको चाबी हस्तान्तरणसँगै विजेता कर्णसहित ग्राहकहरु मिलेर बाजा र बाइक र्याली सहित जनकपुर बजार परिक्रमा गरिएको थियो । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन ।

‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टीभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ ।

जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । यस बम्पर योजनाको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनोट वा किन्ने विकल्पको बाबजुद पनि भाग लिन र जित्ने अवसर पाउनु रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित ।

टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

जगदम्बाले ल्यायो ‘टिभीएस दशैंको आशा’, नगद छुट र शून्य ब्याजमा फाइनान्स सुविधा

अपाचे आरटीआर १६० दराजमार्फत सार्वजनिक, पहिलो साता १४ हजार छुट

टिभिएसको नयाँ बिक्री योजना, ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’

टीभीएस एनटर्क– सधैं तपाईको साथमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here