सवारी साधनको कर घरबाटै तिर्ने व्यवस्था मिलाउन माग, सुशासन अभियानले बुझायो विभागलाई पत्र

काठमाडौं, २४ कात्तिक । नेपाल सुशासन अभियानले सवारी करलाई पूर्ण अनलाइन गर्न माग गरेको छ ।

सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालालाई ध्यानाकर्षण पत्र बुझाउँदै अभियानले सवारी कर प्रणालीलाई तुरुन्तै अनलाइन गर्न माग गरेको हो ।

कर प्रणालीलाई अनलाइन गरी सेवाग्राहीले आफ्नो सवारी साधनको विस्तृत विवरण भरेपछि सवारी कर निर्धारण हुने गरी मिलाउन र सवारी कर यातायात व्यवस्था विभागले तोकेको बैंकमा गएर भुक्तान गर्न मिल्ने बनाउने उसले माग गरेको छ ।

कर तिर्नकै लागि सेवाग्राही घण्टौं लाइनमा बस्नुपर्ने र अनावश्यक झञ्झट बेहोर्नु पर्ने अवस्था छ जबकी हाल विभागमै भएको कम्प्युटराइज्ड प्रणालीलाई अनलाइनमा अपग्रेड गर्न सकिन्छ, अभियानका रविन्द्र राज ढकालले भने ।

अनलाइन प्रणाली कार्यान्वयनमा आउने समयसम्मका लागि सवारी कर उठाउन स्थगन गरी यस कोरोना महामारीमा आमजनतालाई अनावश्यक भीडभाड गर्नुपर्ने अवस्थाबाट छुटकारा दिलाउन पनि अभियानले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here