ओयो होटल्सको बुकिङ २२१ प्रतिशतले बढ्यो

काठमाडौं, २ जेठ । ओयो होटल्स् एण्ड होम्सले नेपालमा आफ्नो बुकिङ अघिल्लो वर्षको तुलनामा २२१ प्रतिशतले वृद्धि भएको बताएको छ ।

फ्रेन्चाइज होटल चेनले बिहीबार सन् २०१९ को पहिलो त्रैमासिकको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो वर्षको पहिलो त्रैमासिकको बुकिङको तुलनामा यस वर्ष २२१ प्रतिशतले बढेको बताएको हो ।

ओयोका अनुसार नेपालमा प्रत्येक ७२.४८ सेकेण्डमा ओयोको एउटा बुकिङ हुन्छ ।
बुकिङ भएका टिकटको आधारमा सबैभन्दा धेरै मानिसहरुको पहिलो गन्तव्य काठमाडौं रहेको र त्यपछि पोखरा र विराटनगर रहेको ओयोले बताएको छ ।

नेपालमा इन्टरनेटको प्रयोग बढ्दो गएकोले एपबाट बुकिङ गर्नेको संख्या बढेको हो । गर्मी यामसँगै बुकिङको संख्या बढेको ओयोले बताएको छ ।

ओयो होटल्स् एण्ड होम्स्, भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भन्छन्, ‘काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धनगढी गरेर नेपालका १० शहरहरुमा सञ्चालनमा आइसकेको ओयोले ग्लोबल र स्थानीय यात्रुहरुलाई नेपालमा ओयोको उत्कृष्ट अनुभव गराउन लागि परेको छ ।’

भारतमा पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष ११९ प्रतिशतले बुकिङ बढेको ओयोले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here