तिहार बिदाको तीनदिन बैंकहरु नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

काठमाडौं, २५ कात्तिक । तिहार बिदाका तीनदिन बैंक तथा वित्तिय संस्थाका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै तिहार बिदाको समय कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म बैंकका सम्पूर्ण कार्यालय बन्द हुने जनाकारी दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको बैंकहरुले यस अवधिमा नियमित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेका हुन्। दसैंं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए।

बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा भने सुचारु हुने नेपाल बैंकर्स संघले जनाएको छ। साथै एटिएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिने छ।

कोरोना भाइरस संक्रमणबाट बँच्न तथा जोखिम न्युनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न बैंकहरुले ग्राहकहरुलाई अनुरोध गर्दै आएका छन्। बैंकर्स संघले बैंकका ६ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भइसकेको पनि जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here