शेयर बजारमा उछाल, नेप्से २६ अंकले बढ्दा ४ अर्बको कारोबार

काठमाडौं, २४ कात्तिक । मंगलवार शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक २५.९६ अंकले बढेर १ हजार ६ सय ७८.७९ अंकमा पुगेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, सानिमा जेनेरल इन्स्योरेन्सको ९.९१ प्रतिशत बढ्यो भने नेपाल दुरसञ्चार कम्पनीको ९.४९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । विशाल बजारको शेयर मूल्य ४.६१ प्रतिशत घट्यो ।

मंगलवार कारोबारमा पनि उछाल देखिएको छ । आज १ सय ९६ कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर ३८ हजार ६ सय ३४ पटक किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीले गर्यो कम्पनीले २८ करोड ५३ लाख ३२ हजार रुपयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here