४ महिनामा आए साढे ४ लाख पर्यटक, कुन देशबाट कति आए ?

काठमाडौं, ३ जेठ । सन् २०१९ को पहिलो ४ महिना (जनवरी—अप्रिल)मा करीव साढे ४ लाख पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनामा ४ लाख ४५ हजार १ सय ९ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

सन् २०१८ को ४ महिनामा ३ लाख ८६ हजार ३० पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष गत वर्षको तुलनामा १५.३० प्रतिशत बढी पर्यटक आएको बोर्डले अध्यागमन विभागलाई उदृत गर्दै जानकारी दिएको छ ।

यस अवधिमा चीनबाट सबैभन्दा बढी (६४ हजार ५ सय ७८) पर्यटक नेपाल आएका छन् । ६० हजार ४ सय ३८ भारतीय, ३२ हजार ७ सय ४० अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।

४ महिनामा दक्षिण एसियाका देशबाट कूल ९७ हजार १ सय ६८, एसियाका अन्य देशबाट १ लाख ४० हजार ९ सय ६०, यूरोपबाट ८५ हजार २७ र अमेरिका र क्यानडाबाट ३९ हजार ९ सय १० तथा अष्टे«लिया र न्यूजिल्याण्डबाट १४ हजार ४ सय पर्यटक आएको बोर्डले उल्लेख गरेको छ ।

यस वर्षको पर्यटक आगमनलाई पनि बोर्डले उत्साहजनक मानेको छ । तर, सन् २०२० मा २० लाख पर्यटक भित्राउने हो भने हरेक महिना औसतः २ लाख पर्यटक भित्रनु पर्छ । त्यस हिसावले भने यो संख्या उत्साहजनक मान्न सकिने अवस्था छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here