कोराना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २२ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार १८ जनाको मृत्यु भएको थियो भने आइतबार २१ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here