थप २७३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभर २७३६ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

विगत २४ घण्टामा ८५३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरि ३८,०३५ जना सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here