माउन्टेन इनर्जीको आइपीओ खुल्यो

काठमाडौं, २६ कात्तिक । माउन्टेन इनर्जी नेपालले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री शुरु गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारीका लागि अनुमति पाएको थियो ।

कम्पनीले सर्वसाधरणलाई १८ लाख ३० हजार २६५ कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा १ लाख ८३ हजार २६ आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, १ लाख ८३ हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

त्यसमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गरिसकेको छ ।

कम्पनीको आइपीओमा सर्वसाधारणले कात्तिक मंसिर २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन् ।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेको छ ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि बुधबार विज्ञापन आह्वान गरेको हो। स्वास्थ्य सेवातर्फका धेरै जसो कर्मचारी स्थानीय तहमा समायोजन भएर जाँद संघमा कर्मचारी अभाव हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here