बिहीबारबाट आइपिओ बिक्री गर्ने तयारीमा रहेको युनाईटेड इदी–मर्दीको मिति सर्‍यो

काठमाडौं, २६ कात्तिक । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने परिवर्तन गरेको छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले आइपीओ निष्काशन मिति परिवर्तन गरेको पूचनामा जनाइएको छ । अब मंसिर ३ गतेदेखि यो आइपीओ निष्काशन खुला हुनेछ ।

यस कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी गर्न लागेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेको छ ।

कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।

जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here