यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले दिँदै आएको सम्पूर्ण सेवा स्थगित

काठमाडौं, २६ कात्तिक । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सम्पूर्ण सेवा स्थगित गरेको छ ।

कार्यालयको एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले सूचना निकालेर बुधबारदेखि अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि सेवा रोकेको हो ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here