फूडमाण्डूले नेपालका १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्ने

काठमाडौं । फूडमाण्डूले नेपालका १० वटा स्टार्टअप कम्पनीहरुसँग सहकार्य गर्ने भएको छ । कम्पनीले १० औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो ।

फूडमाण्डूले सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता कम्पनीहरुसँग १० दिनका लागि सहकार्य गर्ने भएको हो ।

जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डूको फूड डेलिभरी गराई ग्राहकलाई सरप्राइज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए ।

‘खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डूले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफेनो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृद्धि हुने पनि आशा लिएका छौ,’ कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।

कम्पनीले नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआइसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक दिनेछ ।

यसका साथै कम्पनीले फूडमाण्डू फ्रेश अफिशियल लोगो सार्बजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सीधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफूललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेकोछ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा नयाँ सेवा ‘फूडमाण्डू गो’ को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फूड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ । जस अन्तर्गत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फूडमाण्डूको लजिस्टिक फ्लीटलाई प्रयोग गर्न सक्छन ।

‘फूडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा बिस्तार गर्न उपयोगी हुनेगरि ल्याईएको छ,’ ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले भने ।

नेपालको पहिलो र नेतृत्वदायी फूड डेलिभरी कम्पनी फूडमाण्डूले हाल दैनिक १,००० भन्दा बढि फूड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत विस्तार गर्दै लाने उद्देश्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here