नेपाल र बंगलादेशबीचको खेल दर्शकसहितको रंगशालामा

काठमाडौं । आगामी शुक्रबार हुन लागेको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकसहितको रंगशालामा हुने भएको छ ।

बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले नेपालसँगको दुवै मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्ने अनुमति दिएको हो ।

मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने कुरामा कुनै निर्णय नगरेको बीएफएफले फिफा र एएफसीको नियममा रहेर दर्शकलाई मैदान प्रवेश गराउन लागेको जनाएको छ ।

बीएफएफले टिकटको मूल्य भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ एक सय टाका तोकेको छ ।

करिब नौ महिनापछि नेपाली टोलीले शुक्रबार पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।

यस्तै नेपालले दोस्रो मैत्रीपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात् मंसिर २ गते खेल्नेछ । दुवै खेल बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउँसो ५ः१५ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here