सेयर बजार साढे तीन वर्ष यताकै उच्च विन्दुमा, कारोबारमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं, २६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको हो । बुधबारको रेकर्ड साढे तीन वर्षयताकै उच्च हो । यसअघि २०७४ बैशाखमा नेप्से १७०० विन्दुमा कायम थियो ।

यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् । यस साता लगातार ४ अर्ब बढीको कारोबार भएको आज दोस्रो दिन हो ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १ समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३४९.३२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचकमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

दोस्रो बजारमा उछाल आउँदा पनि ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १०१ वटा कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here