सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

काठमाडौं । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।

बुधवार सुन्दर यातायातका सञ्चालकहरुले गरेको उजुरीका आधारमा महानगरिय प्रहरी परिसर टेकुले अध्यक्ष थापालाई पक्राउ गरेको हो ।

थापालाई बस ल्याछु भनेर व्यक्तिगत रुपमा सेयर सदस्यबाट पैसा उठाएको आरोप लागेको छ । अध्यक्ष थापालाई पक्राउ गरिएको परिसरका प्रहरी नायव निरीक्षक कृष्ण अधिकारी जानकारी दिए ।

थापाले बस ल्याउँछु भनेर ३ करोड रुपैयाँ पैसा उठाएर बस नल्याएपछि पैसा फिर्ता माग्दा नदिएको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here