कलंकीमा कुखुरा बोकेको गाडी ट्रकमा ठोक्किँदा नुवाकोटका तीन जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक । काठमाडौंको कलंकीमा कुखुरा बोकेको गाडीले पार्किङ गरेर राखेको ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षका रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते नुवाकोट तारकेश्वर घर भएका २२ वर्षका विजय तामाङको उपचार भइरहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रक हो ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here