कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च, ६ लाखबढी संक्रमित थपिए

काठमाडौं, २७ कात्तिक । विश्वभर कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यो सँगै ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ८९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख १३ हजार ४३६ संक्रमित थपिएका छन् । यो सँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख २१ हजार ७५५ पुगेको छ ।

यसमध्ये ३ करोड ६६ लाख ६८ हजार १ सय ५३ जना संक्रमण मुक्त भएका छन् । उपचार गराइरहेकामध्ये ९४ हजार ७३९ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here