सुनको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौं । विहिवार छापाला सुनको मूल्य घटेको छ । बुधवार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घट्ने बढ्ने भएन् । विहिवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here