ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड खुद नाफा

काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमै १ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ४०.५९ प्रतिशत बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २६ करोड, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८४ करोड र सेयर प्रिमियममा ५३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा २२ करोड ६१ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्ममा बैंकको २ अर्ब ५९ करोड ३६ लाख खुद आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ४३ करोड २९ लाख रुपैयाँ बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
पहिलो त्रैमाससम्म बैंकले निक्षेप संकलन १२ अर्बले बढाएर २ खर्ब २४ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ६ अर्बले बढाएर १ खर्ब ९५ अर्ब रुपैयाँ पुर्याएको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी ६.५५ रुपैयाँ घटेर २२.३२ रुपैयाँमा झरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१९ गुणा, खराब कर्जा १.८३ प्रतिशत, बेसरेट ७.२५ प्रतिशत स्प्रेडदर ५.०३ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here