आइपीएलको १४ औं संस्करणमा ९ टिम हुने

काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईपीएलको १४ औं संस्करणको लागि टिम संख्या बढाउने भएको छ ।

भारतीय पत्रिका द हिन्दुले जनाए अनुसार बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको हो । अहिलेसम्म आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै आगामी सिजनको लागि थप्न लागेको नयाँ टिम मेगा अक्सनबाट छनोट गरिने बीसीसीआईले बताएको छ ।

कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here