काठमाडौं । नेपाली बजारमा ओखरको काठबाट बनेको घडी भित्रिएको छ ।
तिहारको मौका पारी नेपाली बजारमा ओखरको काठबाट बनेको घडी ओखरस्टोर कम्पनीले भित्राएको हो ।
जापानिज मोडलमा निर्माण भएको यो घडीको नेपालमै एसेम्बल गरिएको हो । नेपालमा एक घडी बिक्री गरेवापत एक ओखरको विरुवा रोप्ने कम्पनीको योजना रहेको छ ।
मूल्य कति ?
यस घडीको बजार मूल्य ४ हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ । घडीमा १ वर्षको वारेन्टी रहेको छ ।
यस घडीको थप जनकारी ‘ओखरस्टोर डटकम’मा छ ।