धनतेरसमा अनलाइनबाटै सहभागिता फण्डमा लगानी गर्न सकिने

काठमाडौं, २७ कात्तिक । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी योजना एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री अनलाइनमार्फत खरीदबिक्री गर्न सकिने बताएको छ ।

हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावन अवसरमा ईच्छुक लगानीकर्तालाई सहभागिता फण्डमा लगानी गरी पुँजीबजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।

आगामी शुक्रबार अर्थात कात्तिक २८ गते धनतेरसको दिनबिहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको उसको भनाइ छ ।

धनतेरसलाई लगानीका लागि शुभ दिन मानिन्छ । यस दिनमा मानिसहरु सुन, जग्गा तथा धितोपत्रहरुमा लगानी गर्ने गर्छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापकतथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

थप सम्बन्धित समाचारः

एनआईबीएल सहभागिता फण्डको कारोबार शुरु, पहिलो दिन ४ हजार ३ सय इकाइको कारोबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here