सबैभन्दा धेरै डाउनलोड हुने एप टिकटक, मासिक प्रयोगकर्ता ८५ करोडभन्दा धेरै

काठमाडौं । चिनियाँ एप टिकटक विश्वमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम ‘स्टाटअप टल्की डटकम’ मा छापिएको सूचना अनुसार टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो ।

१५० भन्दा धेरै देशका १ विलियनभन्दा धेरै मानिसहरुले टिकटक प्रयोग गर्दै आएका छन् । भारत राष्ट्र भारत सहित अन्य केही देशहरुमा भने टिकटकलाई प्रतिबन्ध गरिएको छ ।

मासिक प्रयोगकर्ता ८५ करोडभन्दा धेरै

टिकटकको बारेमा अध्ययन गर्ने संस्था ‘सेन्सर टावर’ को अनुसार सन् २०२० सेप्टेम्बर सम्मको तथ्यांक हेर्दा टिकटकको मासिक प्रयोगकर्ता ८५० मिलियन अर्थात ८५ करोडभन्दा धेरै रहेको छ ।

यस्तै सबैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा जुम दोस्रो स्थानमा छ । त्यस्तै, ह्वासएप, फेसबुक, म्यासेन्जर, इन्स्ट्राग्राम तेस्रो, चौथो, पाँचौ र छैटौ स्थानमा छन् । (एजेन्सी)

सम्बन्धित समाचारः

एनसेलले ल्यायो टिकटक र फेसबुक प्रयोगकर्तालाई नन्स्टप अफर, प्याक लिँदा बाेनस पनि पाइने

एयर अरेबियालाई १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन, टिकटको कालोबजारी रोक्ने योजना

टिकटक विरुद्ध अदालतमा मुद्दा दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here