म्याद गुज्रिएका मिठाइ बेच्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौं महानगर ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर भेटिएको कारण कारबाही गरिएको हो ।

त्यस्तै, कालीमाटीमा सञ्चालित वीणा टे«डिङ् कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।

अनुगमनको नेतृत्व काठमाडौं महानगरपालिका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here