शेयर बजारमा उत्साह कायमै, नप्से दोहोरो अंकले बढ्दा ४ अर्ब २५ करोडको कारोबार

काठमाडौं । शेयर बजारको उत्साह साताको अन्तिम दिनपनि कायमै रह्यो । आज नेप्से परिसूचक १०.८२ अंकले बढेर १ हजार ७ सय १८.४९ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३ सय ३८.८९ अंकमा पुगेको छ ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशन र विशाल बजार कम्पनीका शेयर धनीले कमाए । यी दुवैको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नदिप लघुवित्तको ८.१६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्तका शेयर धनी छन् । गणपतिको शेयर मूल्य ५.२३ प्रतिशत घट्यो ।

विहिवार कारोबारमा पनि उत्साह देखियो । आज १ सय ९८ कम्पनीको १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर ४९ हजार २ सय ७८ पटक किनबेच हुँदा ४ अर्ब २५ करोड ६४ लाख भन्दा धेरैको कारोबार भयो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २८ करोड ५५ लाख भन्दा धेरैको कारोबार गर्यो । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीले २६ करोड ७ लाख भन्दा धेरैको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here