काठमाडौंमा देउसी-भैलो खेल्न रोक (सूचनासहित)

काठमाडौं, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ ।

कार्यालयले बिहीबार एक सूचना जारी गरी चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।

चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन र देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न आग्रह गरेको छ ।

यस्तै, समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।

‘कानुनले वर्जित गरेका तथा नगर्नरनगराउनु भनी निर्देशन दिएका क्रियाकलापहरु भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सबैको जानकारीका लागि अनुरोध छ’–सूचनामा भनिएको छ ।

मानिसको आवतजावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको अनिवार्यरुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here