थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, २७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार हजार २४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६२ हजार ५९३ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here