प्रधानमन्त्रीको कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा, मन्त्रीहरुको आधामात्र

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् ।

अर्थ मन्त्रालयको सिफारिसमा सो निर्णय भएको गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here