विश्वकप छनोट: जितको खोजिमा रहेको अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं, २८ कात्तिक । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरीमा रोकिएको छ ।

अर्जेन्टिनाका घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २१ औं मिनेटमा पाराग्वेका एन्जल रोमेरोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा निकोलस गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । यसअघिका दुवै खेलमा जित हात पारेको थियो ।

यसअघि अर्जेन्टिनाले पहिलो खेलमा इक्वाडरलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा बोलिभियामाथि २–१ गोलको जित निकालेको थियो ।

जितसँगै अर्जेन्टिनाले अंक तालिकामा तीन खेलबाट ७ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ ।

यता, पाराग्वे ५ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here