प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, २८ कात्तिक । शुक्रवार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन् । आज चाँदीको कारोबारी मूल्य प्रतितोला १२२० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here