गएको चौबीस घण्टामा ३० हजारले उपत्यका छाडे

काठमाडौं । गएको चौबीस घण्टामा झण्डै ३० हजार मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

ट्राफिक कार्यलयको तथ्यांक अनुसार गएको २४ घण्टामा २९ हजार ८८२ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

यस समयमा विभिन्‍न नाका प्रयोग गरी ६ हजार १११ वटा सवारीसाधनमा २७ हजार ७६६ जना यात्रु उपत्यका भित्रिएका छन् ।

अघिल्ला वषहरुको तुलनामा यस वर्षको चाडपर्वमा उपत्यका छाड्ने मानिसको यो संख्या निकै कम हो । यसरी कम हुनुमा कोरोना महामारीका कारण पहिल्यै लाखौं यात्रुले उपत्यका छाडिसकेकाले बाहिरिनेको संख्यामा कमी आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here