अध्ययन भन्छः बच्चा जन्मेदेखि ६ वर्ष नहुँदासम्म आमाबुबा राम्रोसंग सुत्न पाउदैनन्

काठमाडौं । बच्चा जन्मिएको दिनदेखि बच्चा ६ वर्ष नहुँदासम्म आमाबुबाले प्रयाप्त मात्रामा निन्द्रा नपाउने निष्कर्ष एउटा अध्ययनले निकालेको छ ।

अध्ययनमा भनिएको छ कि एक वयस्क मानिसलाई दिनमा ७ देखि ९ घण्टासम्मको निन्द्राको आवश्यकता पर्छ, तर, आमाबुबा बनेपछि यो कुरा सम्भव छैन् ।

अक्सर बच्चा एक वर्ष भएपछि आमा बुबाको निन्द्रामा कुनै असर पर्दैन् भनिएपनि अध्ययनको निष्कर्षमा भने त्यसो नभएर ६ वर्षसम्मको निन्द्रामा प्रत्यक्ष असर पर्ने बताईएको छ ।

सन् २००८ देखि २०१५ सम्म अमेरिकामा गरिएको यो अध्धयनमा ४ हजार ६ सय ५९ जना बच्चाका आमाबुबालाई एकै ठाउँमा राखेर निन्द्रा सम्बन्धी असन्तुष्टिको बारेमा प्रश्न सोधिएको थियो ।

अध्ययनको नतिजा अनुसार बच्चा जन्मिएको पहिलो तिन महिनामा आमा दैनिक १ घण्टा कम सुत्ने गर्छिन् भने बुबाको हकमा भने यो समय कम छ । यस समय बुबा दैनिक १५ मिनेट कम सुत्छन् ।

यस्तै, आमाबुबाले बच्चा ६ वर्ष नहुदाँसम्म प्रतिदिन औसत २० मिनेट कम सुत्ने मौका पाउछन् । अध्ययनमा जब बच्चा रातमा पनि स्तनपानको लागि रुन्छ त्यो समय सबैभन्दा धेरै निन्द्रा खलल हुने पनि बताईएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here