नेपाल भर्सेस बंगलादेशः यसरी हेर्नुहोस् लाइभ

काठमाडौं, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शुक्रबार (आज) नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशको ढाका स्थित बंगबन्ध रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ४ः४५ बजेबाट सुरु हुँदैछ ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।

य िदुई देशबिचको ‘हेड टु हेड’ हेर्ने हो भने नेपाल निकै पछि छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ ।

एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ । आजपनि सोही नतिजा दोहोर्याउने दाउमा नेपाल रहनेछ ।

नेपाल र बंगलादेशबीचको खेल फेसबुकमार्फत र युट्युबबाट हेर्न सकिन्छ । फेसबुकमा ‘नेपाल भर्सेस बंगलादेश लाईभ’ भनेर सर्च गरेमा हेर्न सकिन्छ ।

त्यस्तै युट्युबमा भने https://www.youtube.com/watch?v=pziMkDkKPwc&feature=youtu.be&fbclid=IwAR0vEs6YCEnNLeXqGyo8xkUgAVcduUW4LzUeT9j34bdloOp7KFK9cyGEJ8Q यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here