प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने ‘डज टोमाहक’, मूल्य कति ?

काठमाडौं । तपाईंलाई थाहा छ विश्वमा सबैभन्दा तीव्र गतिमा कुद्ने बाईक कुन हो ? यसको स्पीड कति होला ?

प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाईकको नाम ‘डज टोमाहक’ हो । यस बाईकलाई सन् २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

मुल्य कति ?

यो सुपरबाइकलाई हालै नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको छ । यसको मूल्य नेपाली रुपैयाँमा हिसाव गर्दा झण्डै ५६ करोड पर्न आउँछ ।

के के छ विशेषता ?

१.५ सेकेन्डमा नै ६० किलोमिटर प्रतिघण्टाको स्पीड तय गर्न सक्ने यो सुपरबाईक विश्वभर अहिलेसम्म् ९ जनाले मात्रै किनेको बताइन्छ ।

यस बाईकमा ८.३ लिटर भी–१० एसआरटी भाइपर इन्जिन जडान गरिएको छ । यो सुपरबाइकको इन्जिनले अधिकतम ५०० एचपीको पावर जेनेरेट गर्न सक्छ । यसमा २ वटा अगाडि र २ वटा पछाडि गरी ४ वटा टायरको प्रयोग गरिएको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here