विश्वमा एकैदिन अहिलेसम्मकै धेरै जनामा संक्रमण पुष्टि

काठमाडौं, २९ कात्तिक । विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा नौ हजार ८६४ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३७ लाख २२ हजार ९७५ र मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएको वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ४० हजार ९०२, बेलायतमा २७ हजार ३०१, जर्मनीमा २३ हजार १८४, पोल्यान्डमा ११ हजार ७३७, रसियामा २१ हजार ९८३, कोलम्बियामा आठ हजार ६८५ तथा इरानमा ११ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्ड्रोमिटरको तथ्याङ्क छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ । अमेरिकामा पछिल्लो तथ्याङ्कअनुसार ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here