डा. गोबिन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित डा. गोबिन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचार खर्च सरकारले व्यहोर्ने कुराको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका हुन् ।

डा. केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here