गोरखामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने

काठमाडौं । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ ।

चाडबाडको बेलामा मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउने जस्ता कामहरु हुने भएको कारण मदिरा बिक्री वितरण कडाइ गरिएको जिल्ला प्रशासन कार्यलयले बताएको छ ।

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न/नगराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको निर्देशनको अवज्ञा गरे वा सूचना विपरीत क्रियाकलाप गरे/गराइएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तथा रोग तथा सङ्क्रामक ऐन, २०२० बमोजिम कारबाही गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here