प्रदेश २ मा सरकारी बसः भाडा सार्वजनिक यातायातको भन्दा कम हुने

काठमाडौं । प्रदेश २ सरकारले सरकारी बस सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ । प्रदेश सरकारका अनुसार बसको नाम ‘प्रदेश परिवहन’ राखिएको छ ।

सार्वजनिक यातायातको भन्दा कम भाडामा यात्रा गराईने समेत प्रदेश सरकारले बताएको छ । कार्यविधीमा सर्वसाधारणसँग लिइने भाडा दर, चालकसहितका कर्मचारी नियुक्त गर्ने प्रकृया, बस संचालन हुने ठाउँ र कुदने समय पनि निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here