बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य गरिरहेका छौंः मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बिषेशज्ञ स्वास्थ्य सेवाका लागि ठूला अस्पताल र दक्षता भएका संघ संस्थासँग सहकार्य गरिरहेको बताएका छन् ।

विश्व मधुमेह दिवसका अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य गरिरहेको बताएका हुन् ।

उनले भने, ‘विश्व कोविड १९ महामारीको चपेटामा भए पनि नसर्ने रोगबाट पर्ने प्रभावलाई कम आँकलन गर्न मिल्दैन । जीवनशैली र खानपानका कारण सहरमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । यसको नियन्त्रण र रोकथामका लागि महानगरले लगानी र सहकार्य बढाउँदै लगेको छ ।’ मेयर शाक्यलभने, ‘सहरबासीमा हुने यस प्रकारका समस्या न्युनीकरण गर्न तथा लुकेर बसेका बिरामी पत्ता लगाउन महानगरले मधुमेही समावजसँग सहकार्य गरेको छ ।’

आधारभूत स्वास्थ्य सेवाका लागि महानगरले २७ वटा वडा क्लिनिकबाट १८ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको प्रसङ्ग उल्लेख गर्दै मेयर शाक्यले, कोविड १९ को संक्रमणबाट मधुमेहका विरामीमा उत्पन्न जटिल परिस्थितिका बारेमा थप केही कार्यक्रम ल्याउन आवश्यक रहेको आफूलाई महसुस भएको उल्लेख गरे ।

हरेक बर्षको १४ नोभेम्बरका दिन यो दिवस मनाउने गरिन्छ । विश्वका हरेक १० मध्ये १ जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्याङ्ले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here