कफीको मूल्य तोकियो, किसानले ए ग्रेडको ९० र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी पाउने

काठमाडौं, २ मंसिर । सरकारले फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा कफी ए ग्रेडको ९० रुपैयाँ प्रतिकेजी र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी मूल्य तोकेको हो ।

त्यसैगरी ए ग्रेड पार्चमेण्ट प्रशोधित कफीको मूल्य ४ सय ५० रुपैयाँ प्रतिकिलो र बी ग्रेड पार्चमेण्ट कफीको मूल्य ३ सय ९७ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

बोर्डका अनुसार किसानलाई उनीहरुको उत्पादन लागतमा २२.५ प्रतिशत नाफा हुने गरी न्यूनतम मूल्य तोकिएको हो । ए ग्रेड चेरीको मूल्य पोहोरभन्दा ५ रुपैयाँ प्रतिकिलो र प्रशोधित ए ग्रेड कफीको मूल्य २५ रुपैयाँले बढाइएको छ ।

नेपालका ४३ जिल्लामा कफी खेति हुने गरेको छ । यहाँ अरेबिका जातको कफीको खेती सबैभन्दा बढी हुने गरेको छ ।

गत वर्षसम्म गुल्मी जिल्लामा सबैभन्दा बढी कफी खेती हुने भनिंदै आएकोमा गत वर्षको एक अध्ययनले सिन्धुपाल्चोक सबैभन्दा बढी कफी खेती हुने जिल्ला भएको देखाएको थियो ।

गत वर्ष नेपालले २ सय ६६ टन कफी आयात गरेको थियो भने करीब ४७ टन निर्यात गरेको थियो ।
अग्र्यानिक विधिबाट उत्पादन गरिएको र पानीमा डुब्ने कफीलाई ए ग्रेड मानिन्छ भने अन्य बी ग्रेडमा पर्छन् ।

सम्बन्धित समाचारः

खेलकुदमा भाग लिनेको लागि कफी सेवन फाइदाजनक, यसो भन्छ अध्ययन

कफीमा घ्यू मिसाएर खाँदा फाइदै फाइदा

सिन्धुपाल्चोकमा सवा करोड बढीको कफी उत्पादन

नियमित कफी पिएमा मुटु हुन्छ बलियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here