युनाइटेड इदी-मार्दीको आइपीओ खुल्यो

काठमाडौं, ३ मंसिर । युनाइटेड इदी-मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

निष्काशन हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि कात्तिक २७ गतेदेखि आइपीओ निष्काशन गर्ने मिति तोकेको भए पनि धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले आइपीओ निष्काशन मिति सारेको थियो ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । सोमध्ये विक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित अहिले सर्वसाधरणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको संकेत गर्दछ ।

कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here