धनुषको ‘राउडी बेबी’ ले बनायो नयाँ रेकर्ड, युट्युवमा १ बिलियन भन्दा धेरै भ्यूज

काठमाडौं । तमिल सुपरस्टार धनुषको गीत ‘राउडी बेबी’ ले युट्युवमा १ बिलियन अर्थात १ अर्बभन्दा धेरै भ्यूज पाएको छ ।

फिल्म ‘मारी टु’ को राउडी बेबी बोलको गीतले युट्यबमा १ बिलियन भ्यूज पाएको हो । सन् २०१८ मा रिलिज भएको यो फिल्ममा धनुष र कृष्णाको मुख्य भुमिका रहेको थियो ।

यसका साथै यो गीत तमिल क्षेत्रमा सबैभन्दा धेरै भ्यूज पाउने गीत समेत बनेको छ ।

यसअघि ‘कोलावेरी दी’ ले पनि इतिहास रचेको थियो । सन् २०११ मा रिलिज भएको साइकोलोजिक थ्रिलर थ्री को यस गीत १६ नोभेम्बर सन् २०११ मा रिलिज भएको गीत असाध्यै चर्चित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here