अनार जुसः स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । अनारको जुस स्वास्थ्यको लागि अत्यन्त फाइदानजक हुन्छ । सातो सानो रातो दाना हुने यस फलमा फाइबर, पोटाशियम, भिटामीन सी प्रशस्त मात्रामा पाइन्छ ।

गुलियो र नुनको मात्रा धेरै हुने प्याक गरिएको अनारको जुसको तुलनामा घरमा निकालिएको ताजा जुस स्वास्थ्को लागि फाइदाजनक हुने कुरा स्वास्थ्यकर्मिहरु बताउछन् ।

यस्ता छन् फाइदाः

भिटामीन सी को प्रमुख स्रोत

अनारको जुसमा प्रचुर भिटामीन सी पाइन्छ । यसले छालाको सुरक्षा गर्नुका साथै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नमा पनि सहयोग गर्छ ।

रक्तचाप नियन्त्रण

रक्तचाप (ब्लड प्रेसर) नियन्त्रणको लागि अनारको जुस फाइदाजनक मानिन्छ । जसको कारण रक्तचापको कारण हुने खतरालाई कम गर्छ ।

जोर्नी दुख्ने समस्यामा राहत

जाडो मौसममा हुने जोर्नी दुख्ने जस्ता समस्याको समाधानको लागि पनि अनारको जुस फाइदाजनक मानिन्छ ।

स्मणशक्ति वृद्धि

अनार जुसले स्मरण शक्ति वृद्धि गर्नमा सहयोग पुर्याउछ । यसका साथै अल्जाइमरको विरामीको लागि फाइदाजनक हुन्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here