उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको निमित्त सीईओ, रमेशकुमार भट्टराईको विदाइ

काठमाडौं, ३ मंसिर । युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।

कम्पनीले बुधबार एक विज्ञप्ति जारी गरी पौडेलको नियुक्तिबारे जानकारी दिएको हो ।

कार्तिक २४ गतेबाट कायम मुकायम सीईओ रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि उनलाई नियुक्त गरिएको हो ।

कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको बृद्धि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here